मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले पिकअप जलाएका छन्। शबिार बिहन विप्लव कार्यकर्ताले बा१३च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्।
भीमफेदीमा सामान अनलोड गरेर काठमाडौं फर्किँदै गरेको पिङकअप फर्पिङ र मकवानपुरको सिमानामा बिहान २ बजे जलाइएको हो।
आगजनीबाट पिकअपमा आंशिक क्षति भएको छ। पिकअपका चालक पनि फेला परेका छैनन्। पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन्।
मकवानपुरबाटै पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिबार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ।
बाँस्तोलालाई केही दिनअघि महानगरीय पहरी परिसर ललितपुरले पक्राउ गरेको थियो।