शनिबार बिहान मलेसियाबाट श्रमिकको शव काठमाडौं आइपुगेको छ। नेपाल एयरलाइन्सले बिहान साढे ८ बजे एक जनाको अस्तुसहित १९ जनाको शव त्रिभुवन विमानस्थलमा ल्याइपुर्याएको हो।
परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै पठाएको छ।
बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव आएको हो।
विभिन्न कारणले डिसेम्बर ५ देखि २८ सम्म मृत्यु हुनेको शव आज काठमाडौं आइपुगेको हो। जनवरीमा ज्यान गुमाउने १६ जनाको शव आउन अझैँ बाँकी छ। कोरोना महामारीले मलेसियामा लकडाउन भएकोले शव पठाउन कठिन भएको नेपाली दूतावासले जानकारी दिएको छ।