सर्लाहीको कविलासीबाट हतियारसहित एक जना पक्राउ परेका छन्। सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्रलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको जानकारी दिए। ‘उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ। आवश्यक अनुसन्धान जारी छ’, प्रहरी उपरीक्षक राठौरले भने।
छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ।