वीरगञ्जमा ११ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका – १ छपकैयामा ११ वर्षीया बालिकालाई शनिबार बिहान बलत्कार गरेको आरोपमा भारतीय नागरिक नेहाल मियाँ पक्राउ परेका हुन्।
मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ। घटनापछि फरार मियाँलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको प्रहरीले बताएको छ।
बालिकाका बुवा र नेहाल साथी हुन्। कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए। सोही क्रममा बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ।