तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन्। ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जन दुई करोड ७५ लाख रुपैयाँ ठगी गरेको आरोपमा आइतबार पक्राउ परेका हुन्।
उनीहरूमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ। उक्त जग्गा बैंकमा रोक्का रहेको हुँदा उनीहरूले ठगी गर्ने उद्देश्यले नै बैना गरेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूविरुद्ध गत वर्षको फागुनमै उजुरी परेकाे थियाे। आवश्यक अनुसन्धान प्रक्रिय आज पुरा भएपछि उनीहरूलाइ पक्राउ गरिएको हो। साेघटनामा संलग्न अन्य चार जना फरार रहेको र उनीहरूको खोजी जारी रहेको बताइएको छ।