प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जीत निकालेको छ। आइतबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ३ विकेटले हराउँदै गर्दै पहिलो जीत दर्ता गरेको हो।
प्रदेश २ ले दिएको १ सय ९६ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। सुदूरपश्चिमको जीतमा सञ्जु दमाइले ३५ बलमा ५७ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, खडक बोहोराले ४३, गजेन्द्र बोहोराले ३७ तथा अरुण ऐरीले १९ रन बनाए।
बलिङमा प्रदेश २ का कुमार थापाले ३ विकेट लिए। त्यस्तै, हरिशंखर शाहले २ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो। उसका लागि हरिशंखर शाहले ६० रनको योगदान दिए। विवेक यादवले ४१ रन बनाउँदा महबुब आलमले २३ रन बनाए।
बलिङमा सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले समान ३–३ विकेट लिए। त्यस्तै, अरुण ऐरीले २ विकेट हात पारे। ४ खेलमा सुदूरपश्चिमले एक जीत निकाद्या प्रदेश २ ले लगातार तेस्रो हार बेहोरेको छ।