प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन्। आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी भएको बताएका हुन्।
आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ। बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने खेल हुन लागेको उनको भनाइ थियो। अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए।
ओलीले आफू तानाशाह नभएको पनि बताए। उनले वैशाखमा निर्वाचनमा हुने दाबी गर्दै आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरुलाई गेठान लगाउन आग्रह गरे।