प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र लुम्बिनी प्रदेशले रोमाञ्चक बराबरी खेलेका छन्। बागमतीले दिएको २ सय २० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले पनि ४८ ओभरमा अलआउट हुँदै २ सय २० रन नै बनाउँदा खेल बराबरीमा सकिएको हो। लुम्बिनीका लागि कृष्ण कार्की र केसि प्रकाशले समान ४१–४१ रन बनाए।
त्यस्तै, सौरभ खनालले ३४, देव खनालले २६ र सन्दीप सुनारले २५ रन बनाए। बागमतीको बलिङतर्फ बिपिन आचार्यले ४ विकेट लिए। त्यस्तै, गौतम केसिले २ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो। उसका लागि आदिल खानले ५५ रन र इशान पाण्डेले ५१ रनको अर्धशतकीय पारी खेले। ओपनर आकाश थापाले ३९ रन बनाउँदा पृथु बास्कोटाले २९ रन जोडे।
बलिङतर्फ लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए। त्यस्तै, कृष्ण कार्की र सन्दीप सुनारले समान २–२ विकेट लिए। बराबरीसँगै बागमती प्रधानमन्त्री कपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।