नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गरेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो।
पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। यसअघि शनिबार पदाधिकारीहरूको अनौपचारिक छलफलपछि आइतबार ओलीलाई पार्टीको साधारणसभाबाट हटाउने कार्यसूची तय गरिएको थियो।