इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ। टोलीको खराब प्रदर्शन नसुध्रिएका कारण चेल्सीले साेमबार लाम्पार्डलाई क्लबको प्रशिक्षकबाट हटाएको हो।
जिम्मेवारी सम्हालेको १८ महिनामै उनी बर्खास्तीमा परेका हुन्। इंग्ल्यान्डका पूर्व मिडफिल्डर लाम्पार्डले खेल जीवनमा चेल्सीमा १३ वर्ष बिताएका थिए। उनले चेल्सीमा रहदाँ मुख्य ११ उपाधि जितेका थिए।
चेल्सीले लाम्पार्डको स्थानमा थोमस टुचेललाई ल्याउने तयारी गरेको छ। यस सिजन चेल्सी २९ अंक जोडेर प्रिमियर लिगको नवौं स्थानमा रहेको छ।