प्रधानमन्त्री केपी शर्मा ओलीले केही ‘कुलंगार र भष्मासुर’हरूले पार्टी छोड्दैमा कम्युनिष्ट आन्दोलन कमजोर नहुने बताएका छन्। दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कुलंगार र भष्मासुरहरु पार्टीबाट आफैं बाहिरिएको जिकिर गरे।
त्यस्तै, पार्टी बैठकमा नआउनेहरुले आफूलाई पार्टीबाटै हटाएको निर्णय गर्ने र चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्नेलाई पनि निर्वाचन आयोगले गतिलो उत्तर दिएको उनले जानकारी दिए। बैंक्वेट र रेष्टुराँहरुमा बसेर केपी ओलीलाई पार्टीबाट निकाल्याैं भन्ने कुरा हाँस्यस्पद भएको आशय प्रधानमन्त्री ओलीले व्यक्त गरे।
‘दुईचार जना मानिस बैठकमा नआएर विभिन्न बैंक्वेट र रेष्टुराँहरुमा बसेर केपी ओलीलाई पार्टीबाट निकाले रे, साधारण सदस्यबाटै हाँस्न मन लागेन तपाईंहरुलाई?’ उनले भने, ‘पार्टी फुटाउन चाहेका छन्। तर भ्रममा नपर्नुस् पार्टी फुट्दैन।’