क्यानडाको टोरन्टोमा बस्ने ५७ वर्षकी डेंग प्रवतुडोम चिठ्ठामा ७ अर्ब रुपैयाँ जितेकी छिन्। उनले एक लट्रीमा ६० मिलियन अमेरिकी डलर जितेकी हुन्।
ती महिलाका अनुसार उनका श्रीमानले २० वर्ष पहिले एक सपना थिए। सपनामा उनले लट्रीको टिकट किन्नको लागि केही खास अंकहरुको बारेमा थाहा पाए। डेंगले विगत २० वर्षदेखि लट्रीको टिकट श्रीमानले भनेको नम्बरअनुसार नै किन्दै आएकी थिइन्।
२० वर्षपछि महिलालाई लट्रि परेको हो। उनले चिठ्ठा जितेको कुरा उनकै श्रीमानले सुनाएका थिए। ‘यति धेरै रकम जितेको थाहा पाएपछि म धेरै खुसी भएँ। मलाई रुन मन लागेको छ,’ उनले भनिन्। डेंगलाई एक भर्चुअल कार्यक्रममा चेक दिइएको छ।
ठूलो रकम जितेसँगै उनले घर किन्ने विश्व भ्रमण गर्न चाहेको बताएकी छिन्। डेंग करिब ४० वर्ष पहिले आफ्ना १४ दाजुभाइ दिदीबहिनीको साथमा लाओसबाट क्यानडा आएकी थिइन्। कोरोनाभाइरस महामारीका कारण जागिरबाट निकालिएकी उनको घरमा खुशी फेरि फर्किएको छ।