नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो। बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद् विघटनको विरोधमा तेस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने बताइएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन्।त्यस्तै सभापति शेरहादुर देउवाले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकाले अहिल्यै आन्दोलनमा जानु उपयुक्त नहुने अभिव्यक्ति दिँदै आएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले सम्भवत आज सरकारविरूद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ।