प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको पहिलो सेमिफाइनल खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा एपीएफले पुलिसलाई २ सय ४ रनको विजयी लक्ष्य दिएको छ।
पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनायो। खराब शुरुवात गरेको एपीएफका लागि शंकर रानाले ४४ रन, भुवन कार्कीले ४२ रन बनाए। त्यस्तै, सन्दीप जोराले ३४ रनको योगदान दिँदा कप्तान शरद भेषवाकरले १८ रन बनाए। ओपनर सुवास खकुरेलले १९ रन र कमल ऐरीले १९ रन बनाए।
बलिङतर्फ पुलिस क्लबका आरिफ शेखले १० ओभरमा ३१ रन खर्चिँदै ३ विकेट लिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान २–२ विकेट लिए। सागर ढकाल, रासिद खानले एक–एक विकेट हात पारे।