प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाविरूद्ध खोप लाउन पाउने बताएका छन्।कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र भेदभावविना नै सबै नेपालीलाई खोप लगाइसकिने बताएका हुन्।
प्रधानमन्त्री ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यबाद दिएका छन्। थप खोप ल्याउनेबारे पनि पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।
बुधबार देशका १२० खोप केन्द्रबाट १२ हजार जनाले खोप लगाउने बताइएको छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई खोप लगाइने सरकारले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीले आज खोप लगाएकाहरूले अबका २८ दिनमा अर्कोपटक खोप लगाउनुपर्ने पनि बताएका छन्।