‘सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार’ भन्ने मूल नारासहित मानव अधिकार र पत्रकारिता तालीम आज यहाँ सम्पन्न भएको छ।
राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारीका समूह नेपालद्वारा संयुक्त रुपमा आयोजित सो दुई दिने तालीममा सुनसरी, मोरङ, झापा र भोजपुरका गरी ३२ पत्रकार महिलाको सहभागिता थियो।
सो अवसरमा आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले सबैको अधिकार सुरक्षित हुने गरी समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिदैं मानव अधिकारको प्रवर्द्धन लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे।
आयोगका प्रदेश नं १ उपनिर्देशक नीतु गड्तैलाले मानव अधिकारमैत्री पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै मानिसको जीवन, स्वतन्त्रता, समानता र मर्यादालाई ख्याल गरेर पत्रकारिता गर्नुपर्ने धारणा राखे। पत्रकार महिलाको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको उनले बताए।