अदालत अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आफैं अदालत आएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ।
बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको हो।