जनता समाजवादी पार्टी (जसपा)ले संसद् पुर्नस्थापनाको माग गर्दै माघ २९ गतेसम्म विरोध कार्यक्रम गर्ने भएको छ। शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको हो।
माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद् विघटनको विरोधमा पुत्ला दहनरमसाल जुलुस लगायतका कार्यक्रम गर्न लागेको हो।