नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अदालत संविधानको रक्षा गर्न सक्छ भन्ने सन्देश दिने अवसर सर्वोच्चलाई रहेको बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतप्रति जनताको भरोसा जुटाउने अवसर सदुपयोग गर्न न्यायाधीशहरुलाई आग्रह गरेका छन्।
‘अदालतलाई आफ्ना क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको छ,’ उनले भने, ‘आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको छ, अदालतले अवसरको सदुपयोग गरोस्।’
कार्यक्रममा नेता सिटौलाले मन लागेका बेला संसद् विघटन गर्न नमिलोस् भनेर नै धारा ७६ को व्यवस्था गरिएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीलाई आफ्नो गल्ती स्वीकार उनले आग्रह पनि गरेका छन्।