नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ। संसद् विघटनको विरोधमा शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो।
सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी पुगिसकेका छन्। प्रचण्ड आज बुद्ध एयरको जहाजमा धनगढी आइपुगेका हुन् भने नेपाल शुक्रबार नै धनगढी छन्।
जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ। सभामा ५० हजारको जनसहभागिता हुने प्रचण्ड–नेपाल पक्षको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमको विरुद्धमा नेकपाको प्रचण्ड–माधव समूहले देशभर विरोध प्रदर्शन गर्दै आएको छ।