हङकङमा एक पुरुषले आफ्नो बाँकी जीवन ‘सेक्स डल’ सँग बिताउने भएका छन्। हङकङका ३६ वर्षीय सी टिङ विङले डल ‘मोची’ नाम गरेकी ‘सेक्स डल’सँग केही दिन अगाडि विवाह गरेका हुन्।
उनले आफ्ना केही साथीहरु र परिवारको सहभगीतामा विवाह गरेका हुन्। महिलासँग भन्दा सेक्स डलसँग जीवन बिताउन सजिलो हुने उनको तर्क छ। महिलाहरुले कचकच गर्ने र तनावरहित जीवन बिताउन असहज हुने भएकाले डलसँग विवाह गरेको उनले जानकारी दिए।
सि १० वर्ष अगाडी नै उक्त डलसँग आकर्षित भएका थिए। त्यो बेला डलको मूल्य झण्डै १४ लाख ५० हजार भएका कारण किन्न नसक्ने भएर आफ्नो सोच नै परिवर्त गरेको सी बताउँछन्।
तर, उनले सन् २०१९ मा उक्त डल अनलाइनमा १ लाख ८१ हजारमा भेटेपछि खरिद गरेका हुन्। सीले मोचीलाई आइफोन प्रो म्याक्स समेत गिफ्ट दिएका छन्। उनले ‘कपल फोटोज’ को लागि पनि डललाई राम्रा राम्रा लुगा किनिदिएका छन्।
हाल मोचीसँग २० जोडी राम्रा र महंगा लुगा र १० जोडी जुत्ता रहेको छ। उनले मोचीको निकै ख्याल गर्ने गर्छन्। उनलाई मोची बिग्रिन्छ भन्ने डर छ। उनले भनेका छन्, ‘योभन्दा अगाडी मेरो प्रेमिकाहरु थिए तर, अहिले म डलसँग मात्र आर्कषित हुन्छु। मैले अहिलेसम्म मोचीसँग शारिरिक सम्पर्क राखेको छैन।’
यसअघि युरि टोलोच्कोले पनि आफ्नो सेक्स डल मार्गोसँग परम्परातग तरिकाले विवहा गरेका थिए। युरि काजास्थानका बडी बिल्डर हुन्।