नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले राम्ररी पार्टी चलाउन नसकेका कारण समस्या निम्तिएको बताएका छन्।
शनिबार धनगढीमा आयोजित बृहत बिरोध सभालाई सम्बोधन गर्दै उनले समस्याको कुरो चुरो भनेको नै ओलीले राम्ररी पार्टी चलाउन नसकेको बताएका हुन्।
त्यस्तै उनले ओलीलाई सुधार्नका लागी धेरै प्रयास गरे पनि सफल नभएको बताए। ओली कहिले नसुध्रिने हुँदा उनी बिग्रिए भनेर चिन्ता नलिन नेपालले आग्रह गरे।
नेपालले केपी ओली सरकारले निर्मला पन्तको हत्यारा पत्ता लाउन काम नगरेको बताए। त्यो घटनाका दोषीलाई कारबाहीका लागि पार्टीमा कुरा भए पनि केपी ओलीको सरकारले त्यता ध्यान नदिएको नेपालले आरोप लगाए।