आजका लागि बोलाइएको बागमती प्रदेश सभा बैठक दुई साताका लागि सरेको छ। प्रदेश सभा सचिव कृष्णहरि खड्काले आइतबार साँझ सूचना जारी गर्दै विशेष कारणले बैठक फागुन ५ गतेसम्मलाई स्थगित भएको जानकारी दिएका हुन्।
बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। यसअघि माघ ९ गते बस्ने भनिएको प्रदेश सभामा पौडेलविरूद्धको अविश्वास प्रस्तावबारे छलफल हुने भनिएको थियो।