प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा बनाएको सहन नसकेको बतााएका छन्।
राष्ट्रिय सभा गृहमा आयाेजित बृहत् इञ्जिनियर भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड–नेपालले त्यसअघिसम्म अलिअलि राष्ट्रभक्ति सहेको तर नक्सा पास भएपछि सहन नसकेको बताएका हुन्।
कार्यक्रममा उनले प्रचण्डले जनताका छोराछोरीलाई क्रान्तिको नाममा युद्धमा प्रयोग गरेको टिप्पणी गरे। ‘आफ्ना छोराछारी चाँहि छोराछोरी, जनताका छोराछारी चाँहि ढुङ्गामाटा हुन्?’ प्रचण्डलाई प्रश्न गर्दै उनले थपे, ‘जनताका छोराछोरीलाई क्रान्तिका नाममा युद्धमा प्रयोग गर्ने अनि फालिदिने?’
प्रधानमन्त्री ओलिले आफ्नो एउटै सपना देशको समृद्धि रहेको पनि जानकारी दिए। तोकिएकै मितिमा निर्वाचन हुने भएकाले बहुमत ल्याउने गरी सक्रिय हुन उनले कार्यकर्तालाई आग्रह गरेका छन्। कतिपय नेताहरुको चुनाव भन्ने बित्तिकै सातो गएको बताउँदै प्रधानमन्त्री ओलीले ताजा जनादेशबाट सबैको हैसियत देखिने उल्लेखसमेत गरे।