नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी गर्न प्रचण्ड–नेपाल पक्षका शीर्ष नेताहरु निर्वाचन आयोगमा पुगेका छन्। पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु बिहान पौने १० बजेतिर आयोग पुगेका हुन्।
४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने प्रचण्ड–नेपाल पक्षको माग छ। उक्त पार्टीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो तर त्यसले कानुनी मान्यता पाएको छैन।