उद्योग वाणिज्य संघ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूहका दीपेन श्रेष्ठ (हीरा) विजयी भएका छन्। माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य संघको १०औँं साधारणसभा तथा पाँचौँ अधिवेशनबाट लोकतान्त्रिक समूहका अधिकांश उम्मेदवार विजयी भएका हुन्।
लोकतान्त्रिक समूहका श्रेष्ठले ७ सय ९९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रगतिशील समूहका शेषकुमारी ओली सडौलाले ४ सय ७६ मत प्राप्त गरे। आज बिहान आएको अन्तिम मतपरिणामअनुसार वाणिज्यतर्फ विक्रम खड्का, कुमार खनाल, विनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्रबहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन्।
उद्योगतर्फ जगतबहादुर पाण्डे, शङ्कर कँडेल, किरण बुर्लाकोटी, कृष्णबहादुर श्रेष्ठ, अनुप अधिकारी र विक्रम चौधरी विजयी भएका छन्। अधिवेशनमा एक हजार ४ सय ३० सदस्यले मतदात गरेका थिए।
यसअघि सर्वसम्मत् रुपमा एशोसिएट सदस्यमा शिवराज उप्रेती निर्विरोध भएका थिए। एशोसिएट सदस्य सङ्घको तृतीय उपाध्यक्ष हुने व्यवस्था रहेको छ। अन्य पदाधिकारीको भने बैठक बसेर तय गरिने व्यवस्था रहेको छ।