महिला राष्ट्रिय लिग फुटबलअन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिकाको पोष्टमा एक जर्दन गोल गरेको छ। बुधबार भएको एकतर्फी खेलमा आर्मीले चौदण्डीगढी नगरपालिका १२–० ले हराएको हो।
आर्मीले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो। हेमा चौधरीले आर्मीका लागि पहिलो गोल गरेकी थिइन्। सातौं मिनेटमा शर्मिला थापाले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन्। त्यस्तै, आठौं मिनेटमा कप्तान अन्जलीले गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाइन्।
खेलको १३ औं कप्तान अन्जलीको पासमा शर्मिलाले गोल गर्दा आर्मी ४–० को स्थितिमा पुग्यो। २३ औं मिनेटमा बिमला चौधरीको पासमा शर्मिलाले गोल गर्दै ह्याट्रिक पूरा गर्दा आर्मी ५–० ले अघि बढेको थियो। २९ औं मिनेटमा रश्मि घिसिङको पासमा शर्मिलाले व्यक्तिगत चौथो गोल गर्दै आर्मीलाई ५–० को स्थितिमा पु¥याइन्।
३० औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई ७–० ले अघि बढाइन् भने ३८ औं मिनेटमा शर्मिला थापाले व्यक्तिगत पाँचौ गोल गर्दै आर्मीलाई ८–० ले अघि बढाइन्। ४८औं मिनेटमा विमला बिकले गोल गर्दै आर्मीलाई ९–० ले अघि बढाइन्। ८४ औं मिनेटमा रश्मिले गोल गर्दै आर्मीलाई १०–० ले अघि बढाइन्।
८७ औं मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई ११–० लेअघि बढाइन्। थप गरिएको समयमा सपना लामाले गोल गर्दै आर्मीको फराकिलो जित पक्का गरिन्।आर्मीले जितसँगै ६ खेलबाट १३ अंक जोडेको छ। आर्मी ताचलिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको एपिएफको १८ अंक छ।