नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले बिहीबार देशभर आमहड्ताल घोषणा गरेको छ। संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले भोलि आम हड्ताल गर्ने घोषणा गरेको हो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए।
कोभिड–१९ को मारबाट मुक्त भई नसकेको वर्तमान अवस्थामा गर्न लागिएको आमहड्तालबाट हुने असहजताको निम्ति प्रचण्ड–नेपाल समूहले क्षमायाचनासमेत गरेको छ।