नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार आमहड्तालको घोषणा गरेको छ। संवैधानिक निकायहरूमा बलमिच्याई गर्दै नियुक्ति गरेको विरोधमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले संवैधानिक निकायहरूमा बलमिच्याई गर्दै नियुक्ति गरेको विरोधमा आमहड्तालको घोषणा गरेको हो।
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरूमा नियुक्ति गरेकी हुन्।
ओली र भण्डारीले असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायमा नियुक्ति गरेको ठहर गर्दै प्रचण्ड–नेपाल समूहले आकस्मिक रुपमा देशव्यापी आमहड्तालको घोषणा गरेको हो।
नेकपा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरूमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताएका छन्।
त्यसको विरोधमा आमअड्ताल गरिएको बताउँदै श्रेष्ठले केही असहज स्थितिका लागि क्षमाचायना गरेका छन्।