ब्राजिलमा बुधबार कोरोना भाइरस संक्रमणको कारण थप १ हजार २ सय ५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २७ हजार ५ सय ६३ पुगेको छ।
गत २४ घण्टामा ब्राजिलमा ५६ हजार २ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण भएपछि ब्राजिलमा कुल संक्रमितको संख्या ९३ लाख ३९ हजार ४ सय २० पुगेको छ। ब्राजिलको साओ पाउलो सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ।
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ। अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ। अमेरिकामा कोरोना संक्रमणबाट ४ लाख ६१ हजार भन्दा बढीको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणबाट १ लाख ५४ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ।