सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्। संसदीय सुनुवाइ नगरी अख्तियार लगायतका संवैधानिक निकायको नियुक्ति बदर गर्न माग गर्दै उनले शुक्रबार बिहान सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।
सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि अध्यादेश जारी गर्दै उपस्थितिको बहुमतले नियुक्ति गर्न सक्ने प्रावधान गरेको थियो। उक्त अध्यादेशपछि प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख अनुपस्थित हुँदा समेत नियुक्ति गर्न सकिने व्यवस्था प्रधानमन्त्रीले मिलाएका थिए।
संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै बुधबार शीतल निवासमा शपथ गराइएको थियो।