नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन्।
नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ओली सरकारविरूद्ध ‘मांसाहारी’ आन्दोलन गरे त्यस्तो आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर थुनिदिने बताएका हुन्।
केही दिनअघि प्रचण्डले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए। त्यही प्रसंगलाई निकाल्दै उनले मांसाहारी आन्दोलनलाई संविधान र कानुनले अपराध मान्ने बताए।
मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री थापाले निर्देशन दिए।