नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिए। बिहिबार नेपाल बन्द गरेर प्रचण्ड–नेपाल समूहले किसानहरुका उत्पादन सडकमा पोखेर र गरिवको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजेको प्रधानमन्त्री ओलीले आरोप लगाए।
अब नरभक्षी आन्दोलन गर्न नदिने र नेपाल अशान्ति र हिंसामा जान नसक्ने ओलीको भनाई छ। उनले आजबाट कुन पार्टी मुल र सक्कली भन्ने फैसला भएको बताए।