सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले प्रदेश १ को प्रदेशसभा अवरुद्ध गरेको छ। संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै उनीहरुले बैठक अवरोध गरेका हुन्।
ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए। बैठक अवरोध भएसँगै प्रदेश १ मा अविश्वासको प्रस्ताव दर्ता हुन सकेन।