स्पेनिस ला लिगा फुटबलमा आइतबार राति बार्सिलोना र रियल बेटिसबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति १ः४५ बजे शुरु हुनेछ।
बार्सिलोनाले बेटिससँग उसैको मैदानमा खेल्नेछ। बेटिसविरुद्ध बार्सिलेना सहज जीतको खोजीमा हुनेछ। बेटिसलाई हराउन सकेमा बार्सिलोना तालिकोको दोस्रो स्थानमा उक्लने छ।
हाल बार्सिलोना लिगमा ४० अंक जोडेको चौथो स्थानमा रहेको छ। बेटिस ३० अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ। बेटिसविरुद्धको खेलमा जीत निकालेमा बार्सिलोना रियल मड्रिडसँग अंक बराबरी गर्दै लिगको दोस्रो स्थानमा उक्लने छ। उता, आफ्नै घरमा खेल्न लागेको बेटिस बार्सिलोनालाई रोक्ने प्रयासमा हुनेछ।