प्रेस संगठन नेपालले काठमाडौं, ललितपुर र भक्तपुरमा आफ्नो संगठन पुन:गठन गरेको छ। काठमाडौं उपत्यका प्रदेश कमिटीको बैठकले तीनै जिल्लाको संगठन पुन:गठन गरेको हो।
पुन:गठित संगठनको काठमाडौंका संयोजकमा पुकार तिमिल्सना र सहसंयोजक ज्योति जिसी तथा नूरराज कँडेल, ललितपुर संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाल तथा भक्तपुर संयोजकमा हेमराज ढकाल र सहसंयोजक अञ्जना शिल्पकार रहेका छन्।
संगठनको यही माघ ८ गतेको भेलाले गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिएको थियो।