अमेरिकामा प्य्राङ्क भिडियो बनाउने क्रममा एक युवकको ज्यान गएको छ। अमेरिकाको नेशवाइलमा चक्कु लिएर ‘लुटपाट’ को ‘प्य्राङ्क’ गरिरहेका टिमोथी विल्क्स को गोली लागेर मृत्यु भएको हो।
वाशिङटन पोस्टका अनुसार उनलाई नेशवाइलको अर्बन एयर ट्रेंपोलिनको पार्किङमा गोली हानिएको हो। यी युवकले त्यहाँ रहेका केही व्यक्तिहरुलाई लुटपाट गर्न खोजेजस्तो गरेर प्य्राङ्क भिडियो बनाइरहेका थिए।
तर, डेभिड स्टारनेस जुनियर नामका व्यक्तिले उक्त घटना वास्तविक जस्तो लागेका कारण ती युवकलाई गोली हानेका थिए। पुलिसकाअनुसार लुटपाटको नाटक गर्न चाहेका व्यक्तहरुमध्ये एक डेभिड पनि थिए। जब टिमोथी र उनका साथीले चक्कु देखाएर त्यहाँ भएका मानिसहरुलाई धम्क्याउन थाले डेभिडले टिमोथीलाई गोली हानिदिए।
डेभिडले प्य्राङ्क बनाइरहेको थाहा नभएकाले आत्मरक्षका लागि गोली प्रहार गरेको बताएका छन्। प्रहरीले गोली चल्नुको कारण आत्मरक्षा हो वा अरु नै कुनै कारण हो भन्नेबारे अनुसन्धान गरिरहेको छ।