अमेरीकाको मासाच्युसेट्स राज्यको राजधानीमा रहेको नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीको नयाँ कार्य समितिलाई एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ।
गत जनवरी २५ मा सम्पन्न निर्वाचनमा मिलन कार्कीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो। शपथ ग्रहण समारोहमा अध्यक्ष कार्कीले सबै नेपाली समुदायलाई एकजुट बनाउन पहल गर्ने बताए।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जलप्रसाद घिमिरे, उपाध्यक्षहरुमा परशुराम फुयाल, राजकुमार थापा र महिला उपाध्यक्षमा अन्जु थापा रहेका छन्। त्यस्तै महासचिव चिरञ्जिवी आचार्य, सचिव भिम वली, कोषाध्यक्ष घनि न्यौपाने, सह—कोषाध्यक्ष अजय कुशवाहा छन्।
यसैगरी सदस्यहरुमा दामोदर उप्रेति, शान्ति जोशी, विजय कार्की, राम शंकर गौतम, सन्दिप भट्टराई, राम धिताल, सुनिल नेपाली, संगित निरौला, सिन्धु पोखरेल, प्रभा गौतम, शान्ता बुढाथोकी, प्रकाश खड्का रहेका छन्। यसैगरी अन्य सदस्यहरुमा रुपक अधिकारी, युबराज जमकटेल, चन्द्रदेव मण्डल, कृति के.सी., चन्द्रबहादुर मल्ल, सानुबर्मा अधिकारी र मुरारी पोखरेल छन्।
उक्त कार्यक्रममा निर्वाचन समितिका संयोजक विरोचन नेपाल, सदस्य रुकमिणी कार्की र भुबन गुरुङलगायतको उपस्थिती रहेको थियो। नयाँ कार्यसमितीको पदावधि २ वर्षको रहेको बताइएको छ । कम्युनिटीले बोस्टन एवं नेपालको सामाजिक क्षेत्रमा कार्य गर्दै आईरहेको छ।