प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालयबाट सिधै शितल निवास गएका हुन्।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो।