राष्ट्रिय महिला लिग फुटबलअन्तर्गतको खेलमा वालिङ नगरपालिविरुद्ध त्रिभुवन आर्मी क्लब विजयी भएको छ। मंगलबार भएको खेलमा आर्मीले वालिङलाई २–० गोलले पराजित गरेको हो।
आर्मीको जीतमा शर्मिला थापाले एक र विमला चौधरीले एक गोल गरिन्। आर्मीले शर्मिलाको गोलबाट खेलको पहिलो मिनेटमा नै अग्रता बनाएको थियो। खेलको ४३ औं मिनेटमा विमलाले गोल गर्दा आर्मीले पहिलो हाफमा २–० गोलको अग्रता बनाएको थियो।
त्यसपछि खेलमा अन्य गोल भएन र आर्मी विजयी भयो। यस जीतसंगै आर्मी ८ खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।