प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले उनले २०७६ को मंसिरमा भएको उपनिर्वाचन र माघमा राष्ट्रिय सभाको निर्वाचनमा आफ्नै हस्ताक्षर पठाएको प्रसंग सुनाउँदै आफूबाहेक कोही आधिकारिक हुन नसक्ने दाबी गरेका हुन्।
अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठकबाहेक अरू आधिकारिक नहुनेसमेत उनले दाबी गरेका थिए।
प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल,ओली पक्षका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ,कानुन मन्त्री लीलानाथ श्रेष्ठलगायत नेताहरू आयोग गएका थिए। निर्वाचन आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र अन्य आयुक्तहरू सहभागी थिए।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेका छन्।