प्रचण्ड–ؘनेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ। भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।
प्रचण्ड–नेपाल समूहले गर्ने प्रदर्शन र विरोधसभाका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ। यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन शुरु गरिएको छ।
पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएसँगै उक्त क्षेत्र भएर हिँड्ने सवारी ट्राफिक जाममा फस्ने भएका छन्।
पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन्। त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जानकारी दिएको छ।
प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन सोमबार काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिएका थिए।