बलिउड अभिनेत्री प्रियंका चोपडाले एक फिल्म निर्देशकले उनलाई स्तन जर्सरी गराउन सल्लाह दिएको खुलासा गरेकी छिन्। उनले आफ्नोे संस्मरण अनफिनिश्डमा यसबारे उल्लेख गरेको बताइएको छ।
उक्त किताबमा उनले एक फिल्म निर्देशकले आफूलाई स्तनको सर्जरी गरेर फिगर मिलाउन सल्लाह दिएको उल्लेख गरेकी छिन्। प्रियंकाले बेलायती अखबार मेट्रोसँगको कुराकानीमा पनि यसबारे बताएकी थिइन्।
‘म मनोरञ्जन क्षेत्रकी महिला हुँ। मलाई यहाँ धेरै कठिनाइको सामना गर्नुपर्यो,’ उनले भनिन्, ‘जब मनोरञ्जन गर्नेहरुले आफ्नो कमी देखाउँछन्, त्यसपछि मानिसहरुलाई उनीहरुलाई तल देखाउन लागि पर्छन्। मैले आफ्नो काम गरेँ र ती घटनाहरुको बारेमा कुरा गरिन जसबाट म बाहिर निस्किइसकेकी छु।’
‘मैले एक निर्माता निर्देशकसँग भेटेँ, केही समयको कुरापछि उनले मलाई उभिएर घुम्न आग्रह गरे। मैले पनि त्यस्तै गरेँ,’ रिपोर्टका अनुसार उनको किताबमा लेखिएको छ, ‘उनले लामो समयसम्म मलाई घुरिरहे र मलाई हेरी नै रहेँ। त्यसपछि उनले मलाई भने कि मैले स्तनको सर्जरी गराउनुपर्छ।
‘यसका अलावा मैले मेरो बंगारा र नितम्बको आकार पनि ठिक गराउनुपर्छ,’ किताबमा थप लेखिएकाे छ, ‘यदि म अभिनेत्री बन्न चाहन्छु भने मैले यो सबै ठिक गराउनुपर्छ। उनले लस एन्जल्समा एक डाक्टरलाई चिन्छन् र मलाई त्यहाँ मलाई पठाउनेछन्।’