नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बस्न एक मिनेट पनि अधिकार नभएको बताएका छन्।
आज काठमाडौंमा प्रचण्ड–नेपाल पक्षले गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीलाई पदमा बस्न वैधानिक अधिकार नहुने पनि बताएका हुन्।
प्रतिनिधि सभा विघटन गरेका बेला ओली संसदको सदस्य नभएको पनि उनले बताए। अर्को सरकार नबन्दासम्म यो कामचलाउ सरकार भएको उनले जिकीर गरे।