नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले अन्य दलहरुलाई संयुक्त आन्दोलनमा आउन आग्रह गरेका छन्। संसद् विघटनविरुद्धको विरोध सभामा बोल्दै उनले पुस ५ मा भएको प्रतिक्रान्ति कदमविरुद्ध एक हुन आह्वान गरेका हुन्।
नेता खनालले संसद् विघटनविरुद्धको आन्दोलन नेकपाको मात्रै नभएकाले कांग्रेस, जनता समाजवादी पार्टीलगायतलाई संयुक्त आन्दोलनमा आउन आह्वान गरेका हुन्। उनले यो नेकपाको दुई गुटको झगडा मात्र नभएको पनि स्पष्ट पारे।
‘आउनुस्, संयुक्त आन्दोलन गरौं,’ उनले भने, ‘यो नेकपाको मात्र आन्दोलन होइन, जनताको संयुक्त आन्दोलन हो।’