नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन्। आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्न १० लाख जनता जम्मा पार्ने चेतावनी दिएका हुन्।
प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे। प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए। त्यसअनुसार ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो।
आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको भन्दै प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ प्रधानमन्त्री ओलीलाई हेर्न भनेका हुन्। प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा उत्रीएका प्रचणडले भने, ‘केपीको नौटंकी चुनाव हुने वाला छैन, त्यसको भ्रममा नपरौं।’