नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई सोधपुछका लागि प्रहरीले बोलाएको हो। तर झाँक्रीले आउन अस्वीकार गरेकी छन्।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे उनले टिप्पणी गरेकी थिइन्। सोही टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो।