नागरिक अभियन्ता डा. गोविन्द केसीले विभिन्न ३ बुँदे माग राखेर फागुन १२ गतेदेखि अनशन घोषणा गरेका छन्। बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले अनशनको घोषणा गरेका हुन्।
डा. केसीले संसद् विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताए।
उनले अहिले संसद विघटनपछि संवैधानिक अंगको परीक्षण भइरहेको पनि बताएका छन्। ‘ओली श्री ७ महाराज हुन, श्रीपेचबिनाका। संविधानको हत्या गर्ने उनी हत्यारा हुन्,’ उनले भने। माग पूरा नभए ७७ जिल्लाको जुनसुकै ठाउँबाट पनि अनशन शुरु हुने केसीले चेतावनी दिएका छन्।