महानगरीय अपराध महाशाखाले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ। राज्यविरुद्धको कसूरको अभियोगमा बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझमा रिहा गरेकाे हाे।
साढे ५ घण्टाकाे हिरासत बसाईपछि उनी रिहा भएकी हुन्। उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो। झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताएकी थिइन्।