करिब साढे ५ घण्टाको हिरासत बसाईपछि रिहा भएकी नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया शुरु भएको र आफूहरुले जिन्त थालेको बताएकी छिन्।
महानगरीय अपराध महाशाखा रिहा भएपछि पत्रकारहरुसँगको कुराकानीमा उनले प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पु¥याउन भूमिका खेलेका कारण आफूलाई पक्राउ गरिएको प्रतिक्रिया दिइन्। ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया शुरु भएको छ,’ नेतृ झाँक्रिले भनिन्, ‘हामी जित्दैछौं।’
महानगरीय अपराध महाशाखाले झाँक्रीलाई रिहा गरेको राज्यविरुद्धको कसूरको अभियोगमा बिहीबार दिउँसो १ बजे पक्राउ गरेको थियो। उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो।
झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताएकी थिइन्।